फौजामगरको हत्या आरोपमा तीन जना पक्राउ
काठमाडाैं | असोज ३०, २०८१
काठमाडौंमा एक पुरुषको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथर घर भई कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोकका ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भई नयाँ बस्ती बस्ने २७ वर्षीया बिमला भट्टराई छिन् ।
गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती लसलाइट स्कुल नजिकै मंगलबार दिउँसो सवा ३ बजे एक पुरूषमाथि उनीहरुले कुटपिट हत्या गरेको आरोप छ ।
मृत्यु हुनेमा कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ४३ वर्षीय होमबहादुर फौजामगर छन् ।
मगरलाई नयाँबस्तीमा अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्कालै प्रहरी वृत्त बौद्धको टोलीले नारायणटारस्थित शंखरापुर अस्पतालमा पु¥याएको थियो।
उपचारको क्रममा उनलाई चिकित्सकले साढे ३ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
उक्त घटनामा संलग्न तीन जनालाई पनि प्रहरीले मंगलबार राति नै पक्राउ गरेको एसपी अधिकारीले बताए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

